उपनिर्वाचनमा निर्वाचित उपेन्द्र यादवले लिए शपथ

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन्। आज उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यही १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा यादव बारा २ बाट निर्वाचित भएका थिए।उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए। यादव काठमाडौंबाहिर रहेकाले उनको शपथग्रहण आज भएको हो। 

सुझावित समाचार