आगलागीमा घाइते सांसद भण्डारी स्वदेश फिर्ता (फाेटाेफिचर)

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा साढे दुई महिनाको उपचारपछि भण्डारी आज स्वदेश फर्किएका हुन्।  

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए। कीर्तिपुरमा उपचारपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो। 

सोही आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा भने क्रमिक रूपमा सुधार आएको छ।

संिजत 

सुझावित समाचार