बैंकिङ क्षेत्रमा लक भएको पैसा रिलिज गरी उद्योग क्षेत्रमा भित्र्याउने पहल गर्न परिसंघको आग्रह

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरूको सहयोगको आवश्यकता रहेको बताएका छन्।

आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यानको नेतृत्वमा बैंक तथा वित्तीय संस्था परिसंघको टोलीले भेट गरेको थियो। भेटका क्रममा मन्त्री रिजाललाई परिसंघ टोलीले उद्योग क्षेत्रमा रहेका समस्याबारे जानकारी गराएको थियो।

बैंकिङजस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनुपर्नेमा जोड दिएको थियो।
 
मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट यस क्षेत्रलाई बचाउनका लागि सरकारलाई उद्योगीहरूको साथ र सहयोगको आवश्यकता रहने बताए। मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिँदै भाग्ने होइन। आएर सहयोग गर्नुस्।’

सुझावित समाचार