जनता समाजवादी नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पदमा नवनिर्वाचित उपेन्द्र यादवलाई चाँदीको मुकुट तथा मालाले सम्मान गरिएकाे छ।
बाराको कलैया उपमहानगरपालिकामा निर्वाचित कार्यपालिका सदस्य र वडाध्यक्षले यादवलाई चाँदीको मुकुट तथा मालाले सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवसहितका नेताहरू सहभागी थिए।