ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

ताप्लेजुङको मैवाखोला गाउँपालिका– ४ साँघुस्थित ताम्राङमा गएराति चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । 

घरमा बसिरहेको वेला बेलुकी ८ बजेतिर चट्याङ परेर ११ वर्षीय बालक फुर्वादोर्ची शेर्पाको ज्यान गएको हो ।

बुबा ४६ वर्षीय दारिन्जेन शेर्पा र आमा ४७ वर्षीया निंमा ल्हामु शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ । 

मृतक बालकको शव पोस्टमार्टमका लागि गएराति नै जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार शवको पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।  मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार घरमा बसिरहेको वेला परेको चट्याङले घरमा गरिएको बिजुलीका वेयरिङका सामानसमेत जलेका छन् ।

See More On

सुझावित समाचार