राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन २ को उपनिर्वाचनमा पत्रकारलाई प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका हुन् ।
उनले भने, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ। त्यसलाई कायम राखिराख्न कारण देखेको छैन ।’ उनले सरकारमा जाने सम्भावनै नभएको समेत बताए ।
सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस् भनेर गलतलाई नबोक्ने बताए ।