बारा २ मा जनता समाजवादीका उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। ५७३५ मत गन्दा उपेन्द्र जनमतका शिवचन्द्र कुशवाहाभन्दा ३८८ मतान्तरले अघि छन्।
उपेन्द्रले २३४२ मत ल्याएका छन् भने शिवचन्द्रले १९५४ मत ल्याएका छन्। त्यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ७९३ र रास्वपाका रमेश खरेलले २८७ मत पाएका छन्।