३ प्रश्न

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यका संसारकै प्रदूषित सहरमा परेको छ । यसलाई महानगरले कसरी हेरिरहेको छ ? 
काठमाडौं उपत्यका प्रदूषित सहरको सूचीमा १ नम्बरमा पर्नु दुःखद कुरा हो । यसमा सबै सरकारी निकाय गम्भीर हुनु जरुरी छ । हामीले सकेसम्म सहरलाई सफा र प्रदूषणमुक्त बनाउन बु्रमर चलाउने र पानी छम्कने काम गरिरहेका छौँ । नदी करिडोर क्षेत्रमा हरियाली बढाउने कार्यक्रम अघि बढाएका छौँ । सहरका सडक पेटीमा पनि बिरुवा रोपेर काठमाडौंलाई हरित सहर बनाउने अभियान चलाइरहेका छौँ । 

उपत्यकामा प्रदूषण बढ्नुको कारण के होला ? 
विभिन्न सरकारी निकायले सडक भत्काउने र खन्ने कार्य गरिरहेका छन् । त्यसैले पनि अहिले काठमाडौं उपत्यकामा र धुलो र धुवाँ बढिरहेको छ । यसले पनि प्रदूषण बढाइरहेको छ । यसबाहेक उपत्यकामा बाहिरबाट पनि प्रदूषण आइरहेको छ । यसलाई रोक्न फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सडक निर्माणलगायत कार्यमा ध्यान दिन आवश्यक छ । 

उपत्यकामा प्रदूषण बढाउने सवारीसाधनलाई कसरी व्यवस्थापन गर्न सकिएला ? 
काठमाडौंमा सवारीसाधनको धुवाँ पनि प्रदूषणको अर्को कारण हो । यसबारे हामी सबै सरोकारवाला निकाय र सर्वसाधारणले नै योजनाबद्ध रूपमा चासो दिएर काम गर्न आवश्यक छ । जिम्मेवार सम्पूर्ण निकायबीच समन्वय र सहकार्य भयो भने उपत्यकाको प्रदूषण कम गर्न नसकिने होइन । तत्काल प्रदूषण कम गर्ने हो भने सवारीसाधनलाई जोरबिजोर प्रणालीबाट पनि सञ्चालन गर्न सकिन्छ ।  

सुझावित समाचार