ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइन : गभर्नर अधिकारी

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गरेका छन्। 

उनले मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको बताए। गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदरबाहेक अन्य तत्वहरू पनि रहेको बताए।

उनले उद्योगी–व्यवसायीले घोषित रूपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या भएको बताए। गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गरे। 

गभर्नर अधिकारीले यसभन्दाअघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको बताउँदै आर्थिक क्रियाकलाप सुस्त भएकाले समस्या आएको बताए। 
 

सुझावित समाचार