इमरान खानले श्वेतपत्र जारी गर्ने

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण
इमरान खानले श्वेतपत्र जारी गर्ने

फाइल तस्बिर ।

पाकिस्तान तेहरिक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानले पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) सरकारको विगत तीन वर्षको कामको समीक्षा गर्दै श्वेतपत्र प्रस्तुत गर्ने भएका छन् । 

स्रोतका अनुसार खानले भिडियो लिंकमार्फत देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने भएका हुन् । श्वेतपत्रमा उनले आफ्नो सरकारको कार्यसम्पादन र पिडिएम सरकारको काम तुलना गर्ने बताइएको छ । 

पाकिस्तानी एआरवाई न्युजका अनुसार पिटिआईले आफ्ना प्रतिद्वन्द्वी, गठबन्धन सरकारमा रहेका दलहरूको आर्थिक प्रदर्शनको अत्यधिक आलोचना गरेको छ र उनीहरूले गत वर्ष अप्रिलमा सत्ताबाट हटाइएदेखि नै देशलाई धराशयी बनाएको आरोप लगाएको छ । 

पार्टीले सत्तारुढ गठबन्धनले गलत आर्थिक निर्णय गरेको भन्दै लगातार आलोचना गर्दै आएको छ । शनिबार खानले पिएमएल–एन प्रमुखको आलोचना गर्दै आफू कायर नेता बन्न नसक्ने बताएका थिए । 

सुझावित समाचार