लामो समयको रस्साकस्सीपछि अन्ततः कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ। कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो।
सरकारमा लामासँगै कांग्रेसका तीर्थ लामा पनि सहभागी हुनेछन्। बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा सरकारमा सहभागी हुन लागेका हुन्।
उनीहरूलाई आजै शपथ गराउने तयारी भएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ साँझ साढे ६ बजे गर्ने तयारी थालिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।