हिमाल सरसफाइमा कोकाकोलाले साथ दिने

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोकाकोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दी कोकाकोला फाउन्डेसनले अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो दाताका रूपमा सहकार्य गर्ने भएको हो । 
अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियानका रूपमा पर्वतारोहीहरूले छाडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने उद्देश्य रहेकाले साथ दिँदै आएको कोकाकोलाले जनाएको छ ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुण हिमाल गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने कार्यक्रम रहेको जनाइएको छ । चैत १४ देखि जेठ २२ सम्म सञ्चालन भइरहेको अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको उल्लेख छ । संकलन भएका सबै फोहोरहरू उचित व्यवस्थापनका लागि रिसाइक्लिङ पार्टनरहरूलाई हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिकूल मौसम र हाई अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको जनाइएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू रहेका छन् ।

 कोकाकोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुका साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्ने बताए । जलवायु परिवर्तनका नकारात्मक प्रभाव विशेष गरी पहाडहरूमा तीव्र भएको उनको भनाइ थियो । त्यसलाई बचाउन सकिन्छ कि भन्ने आशाका साथ हिमाल सफाइ अभियानमा सहकार्य गर्दै आएको उनले बताए ।

सुझावित समाचार