अरुण तेस्रो आयोजना : छुटेका जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढ्यो

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

अरुण तेस्रो जलविद्युत् आयोजनाको छयाङकुटी–दिदिङ २४ किमि प्रवेश मार्गमा छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुटेका जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

 बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रभावित क्षेत्र चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा, खाँदबारी नगरपालिका मेयर महेश थपलिया, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नापी र मालपोत कार्यालय प्रमुख, मुआब्जापीडितहरूले निर्णयको स्वागत गरेका थिए । 

मुआब्वापीडित कुमार गुरुङले सरकारले स्थानीयको उठीवास लगाएको भन्दै मुआब्जाबापतको रकम तुरुन्तै दिनुपर्ने बताए । त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी तथा अरुण तेस्रो छुटेको जग्गा अध्ययन समितिका संयोजक मोहनमणि घिमिरेले विभिन्न कारणले छुट भएको निष्कर्ष निस्किएको र अब छुट जग्गाको मुआब्जा दिने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । 

सुझावित समाचार