बैतडीकाे तिलकपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

देहीमाण्डौं–गिरेगडा सडकको पञ्चेश्वर गाउँपालिका– ५ तिलकपुर भिटा भन्ने ठाउँमा से.१ज २९५ नम्बरको जिप दुर्घटनामा परेर पञ्चेश्वर– ५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको छ।

पञ्चेश्वरबाट देहीमाण्डौंतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
 
घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ का ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका चार वर्षीय बालक मोहित भट्ट, तीन वर्षीय रोशन भट्ट तथा ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट,२८ वर्षीया तुलसी भट्ट,२३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट, ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट  र पञ्चेश्वर– ६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी रहेको प्रहरीले बताएको छ। 

जिप सडकबाट झन्डै ७० मिटर तल खसेको छ। ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका– ६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन्।

सुझावित समाचार