उपनिर्वाचन : चितवन २ मा रामप्रसाद न्यौपाने एमालेका उम्मेदवार

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई अघि सारेकाे छ।

सुझावित समाचार