२० हजार घुस लिने मालपोतका खरिदारलाई १५ दिन कैद हुने

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

विशेष अदालतले टोखास्थित मालपोत कार्यालयका खरिदारलाई भ्रष्टाचार मुद्दामा १५ दिन कैद हुने सजाय सुनाएको छ । 

उक्त कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार विनोदकुमार तिवारीलाई २० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले खरिदार तिवारीलाई यस्तो सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ वैशाखमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

खरिदार तिवारीले जग्गा नामसारी गरिदिने तथा जग्गाधनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरिदिने कामका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ मागेका थिए । उक्त रकम लिइसकेको अवस्थामा ४ वैशाख ०७९ मा अख्तियारले पक्राउ गरेपछि मुद्दा दायर भएको थियो ।

सुझावित समाचार