विश्वासको मतबारे निर्णय लिन रास्वपाकाे संयुक्त बैठक बस्दै

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण
विश्वासको मतबारे निर्णय लिन रास्वपाकाे संयुक्त बैठक बस्दै

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ। 

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि  (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा. ढकालको भनाइ छ।

रास्वपाले सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। प्रदेश सभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ।

See More On

सुझावित समाचार