सन्दीपको मुद्दामाथि सुनुवाइ सकियो, आजै आदेश आउने

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतमा सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको अन्तिम सुनुवाइको आजै आदेश आउने भएको छ। 

आज सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे। 

सुझावित समाचार