जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक : उपेन्द्र यादव

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेका बताएका छन्। माओवादी केन्द्रसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले यस्तो दाबी गरेका हुन्।

‘राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालनलगायतका विषयमा छलफल प्रारम्भ भएको छ। र, त्यो निरन्तर जारी छ,’ अध्यक्ष यादवले भने, ‘जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ।’

सुझावित समाचार