सशस्त्र प्रहरीका चारजना एसएसपी डिआइजी बढुवामा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले चारजना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरेको हो ।
डिआइजीमा बढुवा हुनेमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।
