मेलम्चीको पानी वितरणमा दोस्रो सञ्जाल निर्माण

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमि वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमि वितरण सञ्जालमध्ये चार सय २७ किमिको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले बताए ।

बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ । वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । 

See More On

सुझावित समाचार