फास्ट ट्रयाकको छैटौँ प्याकेज ठेक्का प्रकरण : सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादबारे मंगलबार भएको सुनुवाइमा सर्वोच्च अदालतले सक्कल फाइल पेस गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सार्वजनिक खरिद पुनरावलोकन समिति तथा सेनाको द्रुतमार्ग आयोजनालाई सो आदेश दिएको हो ।

सेनाको सुरुवाती मूल्यांकनमा प्राविधिक प्रस्ताव अस्वीकृत भएको चीनको चाइना फस्र्ट हाइवे कम्पनीलाई ठेक्का प्रक्रियामा सामेल गराउने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयविरुद्ध अधिवक्ता सुजन रिजालले ८ मंसिरमा मुद्दा दायर गरेका थिए ।

सुझावित समाचार