घनश्यामलाई पन्छाउँदै संसद पुगे छविलाल

शनिबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना पूर्वसहकर्मी घनश्याम भुसाललाई हराउँदै एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका विश्वकर्माले भुसाललाई पराजित गरे । विश्वकर्माले २४ हजार ८७२ मत ल्याए भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । 

एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएपछि भुसाल पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई सत्तागठबन्धनले समर्थन गरेको थियो । 

सुझावित समाचार