कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङबाट प्रदेश सभामा निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ ५ (ख) बाट कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् ।  जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वाथ्य मन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८ मतको फराकिलो अन्तरले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले १६ हजार १०२ र निकटतम प्रतिस्पर्धी यादवले १० हजार ८ सय २४ मत प्राप्त गरेका छन् । पटक पटक मोरङको काँग्रेस सभापति र दुई पटक केन्द्रिय सदस्य भईसकेका अर्याल प्रतिनिधि सभामा आकांक्षी थिए ।

तर गठबन्धनमा सिट बाँडफाँड नमिलेपछि उनी प्रदेश सभा सदस्यको चुनावी प्रतिस्पर्धा आएका थिए । विजयी अर्याल प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बनेको खण्डमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबेदार पनि हुन् । 

See More On

सुझावित समाचार