डोल्पा क क्षेत्रमा एमालेका बुढा दोब्बर बढी मतले निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

डोल्पा प्रदेश निर्वाचन क्षेत्र क बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा निर्वाचित भएका छन् ।उनी चार हजार सात सय ४३ मत ल्याएर निर्वाचित भएका हुन ।उनका प्रत्यासी तथा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका  दिपेन्द्र बहादुर शाहीले दुई हजार चार सय ६५ मत प्राप्त गरे । 

उम्मेदवार बुढाले शाहीभन्दा  दुई हजार दुई सय ७८ मत धेरै ल्याएका छन् ।उम्मेदवार बुढा नेकपा एमालेका जिल्ला अध्यक्ष हुन्।राप्रपाका उम्मेदवार नारायण बुढाले एक सय २४ मत प्राप्त गरेका छन् ।

प्रदेश क मा रहेका कुल नौ हजार पाँच सय ६७ मतमध्ये सात हजार पाँच सय १८ मत खसेको थियो ।एक सय सय ६२ मत बदर भएको थियो ।

See More On

सुझावित समाचार