१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस कहिल्यै नहारेको मोरङ २ मा एमालेको टक्कर

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

प्रदेश १ को मुख्य जिल्ला मोरङ २ मा चुनावी प्रतिनिधिसभाका लागि तीव्र प्रतिस्पर्धा छ। यहाँ वाम-लोकतान्त्रिक गठबन्धनबाट स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी पुत्री कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलबीच मुख्य भिडन्त छ। कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ, माओवादी मत निर्णायक छ। 

मोरङ २ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तत्काल पटक-पटक चुनाव जितेको क्षेत्र हो। त्यति मात्र नभै कांग्रेसका आमोद उपाध्याय र डा मीनेन्द्र रिजाल यही क्षेत्रबाट विजयी भएर मन्त्री बन्न सफल भएका थिए। 

यो क्षेत्रबाट आजसम्म कांग्रेसका उम्मेदवारले हार बेर्होनुपरेको छैन। यसैले, २०७४ को निर्वाचनमा समानुपातिकमा रहेकी सुजाताले जोडबल गरेर आफ्नै बुबाको क्षेत्र (तत्काल मोरङ १ हाल २ ) मोरङ २ राेजेकी हुन्। 

०७४ को निर्वाचनमा यहाँ कांग्रेसबाट डा मीनेन्द्र रिजाल एमालेका ऋषिकेश पोखरेललाई झिनो मतान्तरले पराजित गरेर विजयी भएका थिए। तत्कालको कुल खसेको मत ८० हजार मध्ये विजयी भएका रिजालले ३५ हजार ८१९ र एमालेका ऋषिकेशले ३४ हजार १४ सय मत प्राप्त गरेका थिए। 
मोरङ २ मा ३ जना स्वतन्त्रसहित जम्मा १३ उम्मेदवारले प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धा गर्दै छन्। तर, मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेसकी सुजता र एमालेका ऋषिकेशबीच हुँदै छ। 

एमालेका ऋषिले गत पालिका निर्वाचनमा प्राप्त गरेको वाम-लोकतान्त्रिक गठबन्धनको फराकिलो मतान्तरको सामना गर्नुपर्नेछ। यता, सुजातालाई आफ्नो क्षेत्रमा निरन्तर जुटिरहेका डा मीनेन्द्र रिजालको भाग खोजेको आरोपको सामना गरिरहनुपरेको छ। कांग्रेसले यहाँ आन्तरिक असन्तुष्टि नमिलाएमा गठबन्धन उम्मेदवार कोइराला जोखिममा पर्न सक्नेछिन्। 

तर, सुजाताले भने कार्यकर्ताहरूमा कुनै मतभेद नरहेको र आफ्नो बुवाको योगदान अनि आफ्नो प्रतिबद्धताले गर्दा सहजै जित सुनिश्चित गराउने दाबी गरिरहेकी छिन्। 

यता मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार पोखरेलले आफू सशक्त र स्थानीयवासी भएको र जनताका समस्या समाधान गर्न सधैँ जुटिरहेकोले यसपालि आफूलाई स्थानीयहरूले सहजै विजयी गराउने दाबी गरेका छन्। 

भारतसँग सिमाना जोडिएको दक्षिणी क्षेत्रमा पर्ने मोरङ २ मा रतुवामाई र सुनवर्षी नगरपालिका पूरै अनि रंगेली नगरपालिकाको १, २, ३, ८, ९ पथरीशनिश्चरे नपाको ५ र ६ अनि कानेपोखरी गाउँपालिकाको १, २ र ३ नम्बर वडा पर्दछन्। 

पछिल्लो स्थानीय निर्वाचनमा गठबन्धनले यहाँ ३६ हजार ६३४ मत पाएको थियो भने एमालेले ३१ ह्जार ३१० मत पाएको थियो। यहाँ कांग्रेसका वडाध्यक्षहरूको मत २८ हजार ६१७ छ।   

एमालेको मतसँग तुलना गर्दा यहाँ गठबन्धनको मत चार हजार सात बढी छ। प्रदेश सभामा यहाँ गठबन्धनबाट माओवादीका गणेश उप्रेती र कांग्रेसका विनोद कार्कीसँग एमालेका दानबहादुर कार्की र लीलाबल्लभ अधिकारीको मुख्य भिडन्त हुँदै छ। 
मोरङ २ का स्थानीय तहमा वडाध्यक्षहरूले पाएको मतअनुसार एमाले ३१ हजार ३३०, कांग्रेस २८ हजार ६१७  र माओवादीको सात हजार २७१ छन्।

ad
ad