१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड दिनुपर्ने बताएका छन्। 

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताएका हुन्। 

उनले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आवास र आधुनिक सुविधा हुनुपर्नेमा जाेड दिए।  

अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्वसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्न सक्ने गरी आम्दानीवृद्धि हुनुपर्ने उनको भनाइ थियो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सुकुमवासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुमवासीलाई व्यवस्थापन गर्नुपर्ने बताए। 
 

ad
ad