१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:५o:oo

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झन्डै दोब्बर पुग्ने अनुमान गरेको छ।

आगामी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ। 'एसिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो, तर यसले ठूलो जनसांखिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ, र दबाब बढिरहेको छ।’

एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कका अनुसार  प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धाहरूसँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ। 
 

ad
ad