१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रासस गुजरात
२o८१ जेठ ४ शुक्रबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

Read Time : < 1 मिनेट
रासस, गुजरात
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:५७:oo

प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्सिद र समाजवादी पार्टीकी मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाएका छन्।

गुजरातमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो गठबन्धनले मुस्लिमहरूलाई ‘भोट जिहाद’मा जान आग्रह गर्नुलाई आपत्ति मान्दै मुस्लिमहरू एकजुट भएर भोट हाल्नुपर्नेमा जोड दिए।

‘विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको अपमान गरेको छ। उनीहरूले सीमान्तकृत समुदायलाई विभाजित गर्ने नियत राखेका छन्। वास्तवमा भारतमा कांग्रेस कमजोर हुँदै गएको छ, पाकिस्तानी नेताहरू रुँदै छन्। त्यसैले, कांग्रेसलाई सत्तामा फर्कन पाकिस्तानका नेताले प्रार्थना गरिरहेका छन्। पछिल्ला घटनाक्रमले कांग्रेस र पाकिस्तानको साझेदारी खुलासा भएको छ,’ उनले भने।

ad
ad