१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोटी भूकम्पपछि ४०२ पराकम्प 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:११:oo

डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन्। डोटी, बाजुरा, बझाङ केन्द्रबिन्दु भएर परकम्प गइरहेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार आज दिउँसो साढे ३ बजेसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएका छन्। 

२२ कात्तिक राति दुईवटा (राति ९ बजेर ७ मिनेटमा ५.७, राति नै ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्युड) र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो।

त्यसयता हरेक दिन परकम्प गइरहेको शर्माले बताए। उनका अनुसार बिहीबार बिहान ५ बजेर १३ मिनेटमा बाजुरामा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको परकम्प गएको थियो। त्यसबाहेकका सबै परकम्प १.७ देखि ३.९ म्याग्निच्युडका छन्। 

१२ वैशाख ०७२ मा गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पका परकम्प अझै गइरहेकाले डोटी भूकम्पको प्रभाव पनि कति लामो समयसम्म रहन्छ भनेर यकिन हुन नसकेको भूकम्पविद्हरूले बताएका छन्। गोरखा भूकम्पपछि ५६ हजार परकम्प गइसकेका छन्।

ad
ad