१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चीनतर्फको व्यापार असन्तुलनप्रति कार्यवाहक राष्ट्रपतिको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चीनतर्फको व्यापारमा निर्यातको तुलनामा आयातको हिस्सा उच्च रहेको र त्यसले व्यापार घाटा बढाएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।काठमाडौंमा बिहीबार आयोजित नेपाल–चीन उद्योग वाणिज्य संघ (एनसिसिआई) को २३औँ वार्षिक साधारणसभामा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले चीनतर्फ निर्यात बढाएर व्यापार सन्तुलन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

चीनजस्तो संसारकै आर्थिक रूपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास नेपालका लागि ठूलो अवसर पनि भएको उल्लेख गर्दै चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरू निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उनले बताए ।  

नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार–व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने धारणा राखे ।  कार्यक्रममा चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)का अध्यक्ष रेन होङबिनले शुभकामना पठाउँदै कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएको उल्लेख गर्दै आउँदा दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापार घाटा दुई खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणहरू रहेको बताए । 

निवर्तमान अध्यक्ष श्रेष्ठलगायत सम्मानित
नेपाल–चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभाका अवसरमा संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ । उनको नेतृत्वमा संघले चीनका विभिन्न बिजनेस एसोसिएसनहरूसँग सहमति गर्न सफल भएको भन्दै सम्मान गरिएको संघका महासचिव विवेक पौडेलले जानकारी दिए । सम्मानित हुने कम्पनीहरूमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनी, चीनका विभिन्न सहरमा उडान भर्दै आएको हिमालय एयरलाइन्स, चीनसँगको व्यापारमा सहजीकरण गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनी रहेका छन् ।

ad
ad