Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ कार्तिक २४ बिहीबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुले लुट्यो प्रत्यक्ष निर्वाचनबाट  प्रदेश सांसद बन्ने चाहना

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ कार्तिक २४ बिहीबार ०७:०९:००

प्रदेश १ का वनमन्त्री थापाको निधन

प्रदेश १ का वन तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क)का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । ५८ वर्षीय थापाको बुधबार उपचारका क्रममा नोबेल अस्पतालमा निधन भएको हो । डेंगु संक्रमणका कारण निधन भएका थापाको प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा विजयी भएर प्रदेश सांसद बन्ने सपना अधुरै रहन पुगेको छ । 

थापाका निजी सहयोगी ज्ञानु कटुवालका अनुसार उम्मेदवारी दर्ता गराउनुअघिदेखि नै डेंगु संक्रमण भएपछि ज्वरोले थलिएका उनी २४ असोजमा उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई २७ असोजमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा उनलाई १७ दिन आइसियू र आठ दिन वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि उम्मेदवार थापाको इच्छाअनुसार २१ कात्तिकमा पुनः विराटनगरस्थित नोबेल अस्पताल ल्याएर उपचार थालिएको थियो ।

तर, उनको उपचारकै क्रममा बुधबार बिहान साढे १० बजे निधन भएको नोबेल अस्पतालका प्रवक्ता नारायण दाहालले जानकारी दिए । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण भएर सिकिस्त थापालाई समयमै उपचार नहुँदा निमोनिया पनि भएको थियो । थापा एक वर्षदेखि प्रदेश १ मा वन, वातावरण तथा भूसंरक्षणमन्त्रीको जिम्मेवारीमा थिए । उनलाई ०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फबाट प्रदेश सांसद बनाएको थियो । थापा ०५७ देखि आठ वर्षसम्म तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका निजी सहयोगी थिए । उनले ०७० मा मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । उनी एमालेका चण्डी राईसँग पराजित भए । ०७४ मा समानुपातिक सांसद बनेर मन्त्री भएका थापाको यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी बनेर प्रदेश सांसद बन्ने धोको थियो । मोरङ ३ (क)मा एमालेका दिलीप राई मुख्य प्रतिस्पर्धी थिए । 

फास्ट ट्रयाकबाट पुनः उम्मेदवारी दर्ता गरिने
मोरङ ३ (क) का प्रत्यक्षतर्फका उम्मेदवार थापाको निधन भएपछि फास्ट ट्रयाकबाट पुनः उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन कार्यालय मोरङले बिहीबार कांग्रेसबाट अर्को उम्मेदवारको मनोनयन दर्ता गराउन पाउने र शुक्रबार चुनाव चिह्न प्रदान गरिने सूचना प्रकाशन गरेको छ । निर्वाचन कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार मृत्यु भएका उम्मेदवारको स्थानमा अर्को उम्मेदवारको मनोनयन दर्ता गराउने, सूची प्रकाशन गर्ने र दाबी–विरोधउपर बिहीबार नै छिनोफानो गर्नेछ । शुक्रबार नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिनेलगायत सबै प्रक्रिया टुंगो लगाएर नयाँ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । मन्त्री थापाको निधनको शोकमा प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।