Skip This
शान्तिपूर्ण रूपमा मतदान गर्न आए विद्रोही समूहमाथि धरपकड हुँदैन : गृहमन्त्री खाण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
२o७९ कार्तिक २२ मंगलबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्तिपूर्ण रूपमा मतदान गर्न आए विद्रोही समूहमाथि धरपकड हुँदैन : गृहमन्त्री खाण

विप्लब नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १४:१७:oo

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन आग्रह गरेका छन्। रुपन्देहीमा आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री खाणले उनीहरूसँग द्विपक्षीय वार्ता भएको जानकारी दिए।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भैरहवामा दुई दिनअघि वार्ता भएको गृहमन्त्री खाणले बताए। तिलोत्तमास्थित करौजियामा आयोजित कार्यक्रममा उनले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायतका विषयमा छलफल भएको बताए।

पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरूलाई छोडिसकेका र अन्यका विषयमा कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइएको उनले बताए। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र विद्रोहको बाटोमा लागेका समूहलाई मूलधारमा ल्याउन थरुहट समूहसँग पनि सरकारले वार्ताको पहल गरिरहेको उनले जानकारी दिए।

गृहमन्त्री खाणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको जानकारी दिए। ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन। हामीले वचन दिएका छौँ,’ उनले भने, ‘तर, मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन।’

नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको गृहमन्त्री खाणले बताए ।

गृहमन्त्री खाणले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र विद्रोहको बाटोमा लागेका समूहलाई मूलधारमा ल्याउने थरुहट समूहसँग पनि सरकारले वार्ताको पहल गरिरहेको बताए।