मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ कार्तिक १९ शनिबार ०९:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा स्थानीय निर्वाचनका उम्मेदवारलाई एक करोड बढी जरिवाना

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १९ शनिबार ०९:४७:००

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कानुनले तोकेको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने लमजुङका ९ सय ७८ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।

चार नागरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय रहेको लमजुङमा आयोगले तोकेको समयमा खर्च नबुझाउने स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य गरी ९ सय ७८ उम्मेदवारलाई निर्वाचन आयोगले एक करोड ९० लाख ६० हजार जरिवाना तोकेको  छ । 

निर्वाचन खर्च नबुझाउने नगरपालिकाका मेयर/उपमेयरका उम्मेदवारलाई चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही दुई लाखको दरले जरिवाना तोकेको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई एक लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिवाखर शर्माका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा कुल उम्मेदवार एक सय ४१ जना रहेका थिए । सोमध्ये आयोगले तोकेको समयमा ६३ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएका छन् भने तोकेको समयभन्दा पछि ४४ जना उम्मेदवारले खर्च विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले तोकेको समयभन्दा पछि निर्वाचन खर्च बुझाउने र हालसम्म पनि खर्च विवरण पेश नगरेका नौ सय ७८ को उम्मेदवारको जरिवानासहित नाम सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी शर्माले जानकारी दिए ।  निर्वाचना आयोग तथा जिल्ला निर्वाचन कार्यालयले पटक पटक निर्वाचन खर्च विवरण बुझाउन आग्रह गरेपनि तोकिएका समयमा निर्वाचन खर्च पेश गर्न अटेरी गर्दा उम्मेवारहरु जरिवानामा परेका हुन् ।