१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देही ३ : एमाले नेतृत्वको गठबन्धनद्वारा १३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१५:oo

रुपन्देही ३ नेकपा एमाले नेतृत्वको गठबन्धनले निर्वाचनलाई मध्यनजर गर्दै एक सय ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
 
नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तीनदलीय तालमेलमा रुपन्देही ३ बाट प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा उम्मेदवार छन्।

यस्तै, प्रदेश सभा (क) मा जनता समाजवादी पार्टी जसपाका महेन्द्र यादव र (ख) मा  नेकपा एमालेका तुल्सी चौधरी उमेदवार छन्। 

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रतिनिधिसभाका उम्मेदवार बोहराले विगतमा आफूले दीर्घकालीन विकासको योजना रुपन्देहीमा सञ्चालन गरेको दाबी गरे। उनले रुपन्देहीको मानवीय, सामाजिक र भौतिक विकास आफ्नो प्राथमिकता पर्ने बताए।
 
रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभाको उम्मेदवार तथा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरशः लागू गर्ने गरी काम गर्ने बताए। यस्तै ३ (ख) का उम्मेदवार तुलसीप्रसाद चौधरीले सामाजिक र मानवीय विकासमा काम गर्ने बताए। 
 

ad
ad