१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

धार्मिक उत्सवमा भागदौड मच्चिँदा दक्षिण कोरियामा १५० को मृत्युु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:२६:oo

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाको मृत्यु भएको छ । इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने ‘हालोविन’मा सहभागी हुने क्रममा शनिबार राति राजधानीको इटावोन क्षेत्रमा भागदौड हुँदा उनीहरूको ज्यान गएको हो ।

घटनामा सयभन्दा बढी घाइते भएका छन् । उत्सवमा झन्डै एक लाखभन्दा बढी साँघुरा गल्ली र घुमाउरो सडकमा जम्मा भएका थिए । मृत्यु हुनेमा अधिकांश २० वर्ष हाराहारीका युवायुवती रहेका जनाइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युनसुक योलले आइतबार एक टेलिभिजन सम्बोधनमा राष्ट्रिय शोकको घोषणा गरे ।

ad
ad