निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् भने सजाय निर्धारणका लागि २८ जेठमा पेसी तोक्न आदेश भएको छ। 

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बन गरी थुनामा राखिएको छ। 

सुझावित समाचार