Skip This
स्थानीय यार्सा टिप्न लेक गएका वेला गाउँ नै लुटियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार o६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय यार्सा टिप्न लेक गएका वेला गाउँ नै लुटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o६:३९:oo

स्थानीयवासी यार्सा टिप्न लेक हिँडेका वेला मुगुको एउटा गाउँ नै लुटिएको छ । शनिबार साँझ गाउँ प्रवेश गरेको हतियारधारी समूहले कार्मारोङ गाउँपालिका– १ डोल्फु गाउँमा लुटपाट गरेको हो । ‘हतियारसहित आएकाहरूले २२–२३ घरबाट सुनचाँदीका गरगहना, नगद लुटपाट गरेको भनेर वडाध्यक्ष (वडा नम्बर १ का अध्यक्ष कार्मा तुन्डुक लामा)ले आइतबार दिउँसो फोनमार्फत जानकारी गराउनुभएको छ,’ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने ।

लामाका अनुसार धेरैजसो गाउँले यार्सा टिप्न गएको र गाउँमा वृद्धवृद्धा मात्र रहेको मौका छोपेर लुटपाट भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । ‘डोल्फुमा फोन लाग्दैन, वडाध्यक्षले पनि डाँडामा गएर फोन गर्नुभएको हो,’ उनले भने, ‘प्रहरी चौकी पुलुबाट टोली गएको छ । प्रहरी पुगेपछि के–कस्तो भएको रहेछ भनेर थाहा होला ।’ लुटेराहरूसँग बन्दुक, तरबार, चक्कुलगायतका हतियार थियो । गाउँमा ५० घर रहेकामा २३ घरबाट गरगहना, पुराना भाँडा, जडीबुटीलगायत लुटिएको छ । गुम्बाका लामा र कुकुरलाई पनि लुटेरा समूहले कुटपिट गरेको छ । 

वडाध्यक्षले गाउँमा लुटपाट भएको सूचना फोनमा दिएपछि गाउँपालिका अध्यक्ष लामाले सिडिओलाई पनि जानकारी गराएका छन् । सिडिओ टोपेन्द्रबहादुर केसीले प्रहरी पुगेपछि घटनाबारे विस्तृत थाहा हुने बताए । ‘यो गाउँमा पहिले पनि लुटपाट भएको रहेछ, यसपटक पनि लुटपाट भयो भनेर गाउँपालिका अध्यक्षले जानकारी गराएपछि प्रहरी 
खटाएका छौँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले प्रहरी गाउँमा पुगेपछि मात्र के–कति लुटपाट भयो भनेर यकिन विवरण आउने बताए । जिल्ला सदरमुकाम गमगढीबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा पैदल दूरीमा घटनास्थल छ । यहाँका बासिन्दा यार्सा टिप्न १० दिनदेखि लेकतिर छन् । 

ad
ad
ad
ad