Skip This
अर्थतन्त्र डोर्‍याउँदै पर्यटन: सन् २०२४ मा १३ लाख विदेशीले नेपाल घुम्ने अनुमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १४ सोमबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र डोर्‍याउँदै पर्यटन: सन् २०२४ मा १३ लाख विदेशीले नेपाल घुम्ने अनुमान

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o७:२२:oo

पर्यटन क्षेत्रको उत्साहप्रद वृद्धिले कोभिड महामारी र मन्दीका कारण शिथिल बनेको अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको छ । सरकारले आइतबार आर्थिक सर्वेक्षण ०८०/८१ सार्वजनिक गर्दै कोभिड महामारीले शिथिल बनेको पर्यटन क्षेत्र कोभिडपूर्वकै अवस्थामा फर्किएको जनाएको छ । चालू आवको फागुनसम्म पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय ४२.१ प्रतिशतले बढेर ५१ अर्ब ३९ करोड पुगेको छ । 

देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा पर्यटन क्षेत्रको योगदान न्यून देखिए पनि पर्यटन उद्योगसँग सम्बन्धित आवास तथा भोजन सेवाको कुल मूल्य अभिवृद्धि उत्साहप्रद रहेको छ । चालू आवमा आवास तथा भोजन सेवाको मूल्य अभिवृद्धि २१.८४ प्रतिशत रहने अनुमान छ । विदेशी पर्यटक आगमनमा वृद्धि र आन्तरिक पर्यटनमा भएको विस्तारकै कारण चालू आवमा यस क्षेत्रको योगदान १.९७ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आवास तथा भोजन सेवाको वृद्धिदर सबैभन्दा उच्च २१.८४ प्रतिशत रहने अनुमान छ । कोभिड महामारीपछि पर्यटन क्षेत्रले सकारात्मक रूपमा अर्थतन्त्रलाई डो¥याउन खोजेको अर्थशास्त्री डा. डिल्लीराज खनालले बताए ।

 सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, २०२४ को पहिलो चार महिनामै चार लाख १६ हजार पर्यटक भित्रिसकेका छन् । यो हिसाबले सन् २०२४ मा पर्यटक आगमन १३ लाख नाघ्ने अनुमान छ । नेपाली पर्यटनको इतिहासमा सर्वाधिक पर्यटक आगमन सन् २०१९ मा ११ लाख ९७ हजार थियो ।यो वर्ष आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भएको उत्साहजनक वृद्धिले रोजगारी सिर्जना र आय आर्जनमा सहयोग पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ । ‘सर्वेक्षणले देशको अर्थतन्त्रलाई निर्देशित गर्ने प्रमुख क्षेत्रहरू कमजोर रहेको देखाएको छ, कृषिको योगदान घट्दो छ, घरजग्गा क्षेत्र पनि सुस्त छ, उद्योग र निर्माण क्षेत्र झन् कमजोर देखिए,’ अर्थशास्त्री डा. खनालले भने, ‘अरू क्षेत्र कमजोर देखिँदा पर्यटन क्षेत्रको उत्साहप्रद वृद्धिले अर्थतन्त्रलाई डोर्‍याउन खोजेको देखिन्छ ।’

नेपाली पर्यटन उद्योग प्रतिकूल समयमा पनि चाँडै रिकभरी भइरहेको पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । ‘पर्यटन क्षेत्र अर्थतन्त्रको भरपर्दो टेको बन्दै आएको छ,’ उनले भने, ‘नेपालमा पर्यटकीय सम्भावना जति छ, त्यति संख्यामा पर्यटक भित्र्याउन नसक्दा अपेक्षित लाभ लिन सकिरहेका छैनौँ ।’

सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि १३.२ दिन र प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४१ अमेरिकी डलर रहेको छ । सन् २०२२ मा औसत बसाइ १३.१ प्रतिशत र औसत खर्च ४०.५ अमेरिकी डलर थियो । पर्यटन प्रवद्र्धनका लागि २०२३–०३२ लाई पर्यटन दशकका रूपमा मनाई प्रतिपर्यटक प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिइएको छ । सन् २०२३ मा पर्वतारोही र पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी दुवै बढेको छ । सो वर्ष झन्डै एक अर्ब रोयल्टी उठेको छ । 

०८० पुस मसान्तसम्म देशभरि सञ्चालित होटेल, रिसोर्ट तथा लजमा कुल शड्ढया संख्या ५४ हजार तीन सय ४० पुगेका छन् । तारेस्तरका होटेलमा रहेका शड्ढया संख्या १७ हजार ७३ र तारेस्तरबाहेकका पर्यटकस्तरीय डिलक्स र लक्जरी हेरिटेज बुटिक होटेल, लज तथा रिसोर्टमा रहेका शड्ढया संख्या ३७ हजार दुई सय ९७ पुगेका छन् । दुईवटा क्यासिनो थपिएर ३० पुगेका छन्, जसमा १३ ठूला र १७ मिनी क्यासिनो हुन् । सन् २०२२ मा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या २७ रहेकामा २०२३ मा बढेर ३१ पुगेका छन् ।

  • औसतमा १३.२ दिन बसेर एउटा पर्यटकले गर्छ, दैनिक ४१ डलर खर्च   
  • जिडिपीमा पर्यटनको योगदान १.९७ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुग्ने
  • देशभरका होटेल, रिसोर्टमा कुल बेड ५४ हजार तीन सय ४०
  • नेपाललाई गन्तव्य बनाएर ३१ अन्तर्राष्ट्रिय वायुसेवाको नियमित उडान
  • पर्यटकले ५१ अर्ब ३९ करोड खर्च गरे, जुन गत वर्षभन्दा ४२.१% बढी हो 
  • हिमाल चढ्ने पर्वतारोहीबाट सन् २०२३ मा झन्डै एक अर्ब रोयल्टी
ad
ad
ad
ad