Skip This
ad
निर्वाचनबाट निष्ठा र इमानले हार्नुहुँदैन : प्रदीप पाैडेल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनबाट निष्ठा र इमानले हार्नुहुँदैन : प्रदीप पाैडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:३१:oo

कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नुपर्ने बताएका छन्। 
 
काठमाडौं महानगरपालिका– ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तर्क्रियामा उनले निर्वाचनबाट निष्ठा र इमानले हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नुपर्ने बताएका हुन्। ‘निर्वाचनबाट निष्ठा हार्नुहुँदैन। निर्वाचनबाट इमान हार्नुहुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिनुपर्छ।’

काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएको जिकिर गर्दै नेता पौडेलले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर यो देशले हेरिरहेको बताए। 
 
‘काठमाडौं–५ यो देशको सबैभन्दा विवेकी मतदाता भएको ठाउँ हो। यहाँ राज्यको उच्च तहमा गएर, प्रशासनको उच तहमा गएर देशको सेवा गरेर निवृत्त हुनुभएका आदरणीय व्यक्तित्वहरू, अनुभव सँगालेर जीवनभर देश र समाजका लागि काम गर्नुभएका आदरणीय अग्रहहरू थुप्रै हुनुहुन्छ,’ उनले भने, ‘त्यो समाजको प्रतिनिधि कस्तो हुन्छ? ती विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् यो देशले हेरिरहेको छ।’ 

काठमाडौं–५ बाट हुने आफ्नाे जितको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने भन्दै जितेर गएपछि पार्टीलाई अलोकप्रिय बनाउने काम आफूले नगर्ने प्रतिबद्धता दोहोर्‍याए। ‘मैले जिते भने पार्टीका साथीहरू, गठबन्धनका साथीहरूका कारणले जित्ने हो,’ पौडेलले भने, ‘जितेपछि पार्टीलाई अलोकप्रिय बनाउने काम गर्नेछैन।’ 
 
काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरूको भूगोल समेटेर काठमाडौं– ५ निर्धारण गरिएको छ।

ad
ad