१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस घोषणापत्र 'निरन्तरतामा नवीनता' : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२४:oo

कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई 'निरन्तरतामा नवीनता' नाम दिएको बताए।

उनले भने,  'नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ। हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ। नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँचवर्षे खाका र त्यसलाई निरन्तरता दिने विषयलाई समेटेका छौँ।'

सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए। फोहोरको दीर्घकालीन समाधान, संसद्लाई पाँच वर्ष पूरा कार्यकाल कायम राख्नेलगायतका विषय घोषणापत्रमा उल्लेख गरिएकाे छ। घोषणापत्र पाँच खण्डमा  तयार पारिएको  छ।
 

ad
ad