१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २३ आइतबार o९:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर- २ मा साउद र धामीबीच तेस्रोपटक प्रतिस्पर्धा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:५९:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्तागठबन्धनका तर्फबाट पूर्वमन्त्री एनपी साउद र विपक्षी गठबन्धनका तर्फबाट नरबहादुर धामीबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदै छ। 

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री साउदका मुख्य प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद धामी हुने भएका छन्। दुई ठूला दलका नेतासँग अन्य चार/ चार दलले गठबन्धन गरेसँगै यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र विपक्षी गठबन्धनका तर्फबाट एमाले, जसपा, विपी कांग्रेस, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच चुनावी गठबन्धन भएको छ। 

साउद पाँचाैँपटक र धामी तेस्रोपटक निर्वाचनमा होमिएका हुन्। ०५६ सालमा पहिलो पटक एनपी साउद क्षेत्र १बाट निर्वाचित भएका थिए । ०६४मा क्षेत्र २बाट माआवादीका नेता देवीलाल चौधरीसँग पराजित भएका थिए। ०७०मा अहिलेका प्रतिस्पर्धी नरबहादुर धामीलाई पराजित गरेका थिए। ०७४  मा एमाले र माओवादी वामगठबन्धन हुँदा एमाले नेता नरबहादुर धामीले कांग्रेस नेता साउदलाई हराएका थिए। 

०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई पार्टी एक हुँदा वामगठबन्धनका तर्फबाट धामीले ३३ हजार २२० र कांग्रेसबाट एक्लै उम्मेदवार बनेका साउदले २४ हजार, ८३९ मत ल्याएका थिए। यसअघि ०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार धामी कांग्रेस उम्मेदवार साउदसँग पराजित भएका थिए। 

कञ्चनपुर निर्वाचन क्षेत्र २ मा तीन पालिका रहेका छन्। जहाँ दुई पालिका कांग्रेस र एकमा एमालेले जितेको छ। गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार कांग्रेसले २२ हजार ४९९, एमालेले १९ हजार २९२, माओवादीले १३ हजार ४७८, समाजवादीले ४ हजार ६६७, राप्रपाले ३ हजार ७४६, र अन्य ३ हजार ७८२ मत ल्याएका थिए।

स्थानीय तहमा आएको मत परिमाणअनुसार अहिलेको राजनीतिक समीकरण हेर्दा सत्तागठबन्धनले ५२ हजार २१२ मत र विपक्षी गठबन्धनले २१ हजार २४२ मत ल्याएका थिए। स्थानीय तहको मत परिमाणअनुरूप क्षेत्र २ मा केही समाजवादीका नेताकार्यकर्ता एमालेतिर प्रवेश गरेसँगै उक्त मत एमालेतिरै जाने अनुमान गरिएको छ। 

स्थानीय तहको निर्वाचनमा पाएको मतभारअनुसार सत्तागठबन्धन यस क्षेत्रमा बलियो देखिएको छ। तर, निर्वाचनको परिणाम के होला भनेर अहिले अनुमान गर्न सकिन्न।  खास परिणामको लागि निर्वाचनपछिको मतगणना नै कुर्नुपर्ने हुन्छ। 


 

ad
ad