Skip This
फ्रेन्च खेलाडी रिबेरीले सन्न्यास लिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
पेरिस
२o८१ बैशाख २८ शुक्रबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फ्रेन्च खेलाडी रिबेरीले सन्न्यास लिए

Read Time : > 1 मिनेट
पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:५o:oo

सन् २००६ को विश्वकप उपविजेता खेलाडी फ्र्याँक रिबेरीले शनिबार फुटबल करिअरबाट सन्न्यास घोषणा गरे 

फ्रान्स तथा बायर्न म्युनिखका पूर्व विंगर फ्र्याँक रिबेरीले शनिबार समग्र फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । लामो समयदेखि घुँडाको समस्याबाट मुक्त हुन नसक्दा ३९ वर्षका रिबेरीले सन्न्यास घोषणा गरेका हुन् । उनले सिरी ए क्लब सोलेर्निटानासँग आफ्नो सम्झौतालाई समाप्त गर्दै सन्न्यासको घोषणा गरेको बताएका छन् । सोसल मिडियामा रिबेरीले मैदानमा बल रोकिएको बताएका छन् । ‘मैदानमा मैले खेल्ने बल रोकिएको छ, यहाँसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ उनले भनेका छन् ।

फुटबल करिअरमा उनले १२ वर्ष बुन्डेस लिग च्याम्पियन बायर्नबाट प्रतिस्पर्धा गरेका थिए । बायर्नका की–प्लेयरसमेत रहेका रिबेरीले चार सय २५ खेलमा एक सय २४ गोल गरेका थिए ।  बायर्नमा उनले एक सय ८२ गोलको अवसर सिर्जना गरेका थिए । रिबेरी सन् २००७ देखि २०१९ सम्म बायर्नमै रहेका थिए । उनले बायर्नबाट च्याम्पियन्स लिगसहित नौवटा बुन्डेस लिगा उपाधि चुमे । करिअरमा उनी तीनपटक फ्रेन्च वर्ष खेलाडी भए । फ्रान्सको राष्ट्रिय टोलीबाट उनले ८१ अन्तर्राष्ट्रिय खेलमा १६ गोल गरेका छन् । 

यसैगरी, उनले २५ पल्ट गोलका लागि पास उपलब्ध गराए । सन् २०१४ मा चोटका कारण फ्रान्सेली टोलीमा नपरेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । सन् २००७ मा मार्सेलीबाट उनी बायर्न आएका थिए । त्यसवेला बायर्नले उनलाई एक करोड ७० लाख मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । सन् २००६ मा फ्रान्सलाई विश्वकपमा उपविजेता बनाएपछि उनी बायर्नसँग आबद्ध भएका थिए । 

रिबेरीले क्लब फुटबल करिअरमा पाँच सय २३ खेल खेलेका छन् । यस क्रममा उनले एक सय १४ गोल गरेका छन् । सन् २००० मा पहिलो व्यावसायिक क्लब लेभल फुटबलको सुरुवात बाउलोन्गेबाट गरेका रिबेरीले मार्सेलोबाट ६० खेलमा ११ गोल गरेका थिए । सन् २०१३ मा बायर्नले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्दा उनले विशेष भूमिका निर्वाह गरेका थिए । 

 

ad
ad