मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 12 July, 2025
२o८o फाल्गुण ४ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १३:३२:oo

दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुगेका छन्।

युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका वेला जेलेन्स्कीले म्युनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन्।

जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रुसी आक्रमणका कारण पूर्वी अग्रपंक्तिमा बढ्दो कठिन परिस्थितिको सामना गरिरहेका छन्।

सबैभन्दा ठूलो योगदानकर्ता संयुक्त राज्य अमेरिका चुनावी वर्षको दौडानका कारण अर्बौँ डलरको पश्चिमा सहायताको दीर्घकालीन भविष्य अन्योलमा छ।

वासिंगटनमा गत वर्षदेखि ६० अर्ब अमेरिकी डलरको सैन्य सहायताको सम्भावित प्याकेज कंग्रेसमा देखिएको विवादका कारण रोकिएको छ। युरोपेली संघ (इयू) ले मार्चसम्ममा पठाउने वाचा गरेको १० लाख तोपखानाको आधा गोला मात्रै व्यवस्था गर्न सक्ने बताएको छ।

युरोपका दुई प्रमुख शक्तिशाली मुलुक जर्मनी र फ्रान्सको भ्रमणका क्रममा जेलेन्स्कीले युद्ध समाप्त भएपछि आफ्नो देशको सुरक्षा प्रत्याभूतिलाई व्यवस्थापन गर्ने प्रयास गर्नेछन्।

जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार युक्रेनको ‘दीर्घकालीन सुरक्षा प्रतिबद्धता र समर्थन’ समेट्ने गरी द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने जर्मन सरकारले जनाएको छ। एलिसीले शुक्रबार युक्रेनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर हुने पनि पुष्टि गरेको छ, तर यसको विषयवस्तुबारे कुनै जानकारी दिएको छैन।