१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङ दुर्घटना : घाइतेको उपचारका लागि ६ लाख ५० हजार सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:o७:oo

बझाङको मस्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि ६ लाख ५० हजार सहयोग उपलब्ध भएको छ।
 
बिहीबार कार्यपालिकाको बैठक बसी मृतकहरूप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाले तीन लाख, तल्कोट गाउँपालिकाले दुई लाख र साइपाल गाउँपालिकाले एक लाख ५० हजार गरी ६ लाख ५० हजार सहयोग उपलब्ध भएको हो।

मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा बुधबार साँझदेखि नै घाइतेहरूको उद्धारमा खटिएका थिए। अन्य पालिकाहरूले पनि घाइतेहरूको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

बुधबार साँझ साढे ४ बजे मस्टा– १ डुग्रीबाट भातेखोला जाने क्रममा तुफानडाँडानजिकै सु.प.प्र. ००१ च ११७ नम्बरको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भई १५ जना घाइते भएका थिए। जिप सडकभन्दा झन्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाका मृतक तथा घाइतेहरू अधिकांश जिल्लाको सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू छन्।

ad
ad