१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत र धीरेन्द्र गिरी भिड्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:५५:oo

मेनका पछाईको उम्मेदवारी फिर्ता  

एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत र नेता धीरेन्द्रराज गिरीबीच भिडन्त हुने भएको छ । अध्यक्षमा महत र गिरीको उम्मेदवारी परेकाले यी दुईबीच भिडन्त हुने भएको हो । 

यता, मेनका पछाईले अध्यक्ष पदको उम्मेदवारी फर्ता लिएकी छिन् । यसअघि उनले पनि अध्यक्षमा भिड्ने बताउँदै आएकी थिइन् ।  उनले भनिन्, ‘सहमतिमै जिल्ला नेतृत्व छनोट हुने उद्देश्यले उम्मेदवारी दिएकी हुँ । तर भएन, अन्तिममा चुनाव नै हुने भयो । चुनाव हुने भएपछि मैले उम्मेदवारी फिर्ता लिएँ ।’ 

यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा र पदमबहादुर बुढाको उम्मेदवारी परेको छ । सचिव पदका लागि आदिप्रसाद न्यौपाने र मानबहादुर रोकायाको उम्मेवारी रहेको छ । उपसचिव पदका लागि धर्मेन्द्र रोकाया, मेनका रेग्मी, सुशीला भट्टराई र धनबहादुर बुढाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व चयनका लागि आज बुधबार नै भोटिङ हुने निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मीनबहादुर महतले जानकारी दिए । 

भौगोलिक क्षेत्रतर्फ गुठीचौरमा पाँचजना सदस्य पदका लागि सातजनाको उम्मेदवारी परेको छ । पातारासीबाट ६ जनामध्ये तीनजनाको मात्रै सदस्य पदमा उम्मेदवारी परेको छ । चन्दननाथबाट ११ जनाको सदस्य पदमा २१ जनाको उम्मेदवारी परेको छ । यसैगरी, तातोपानीबाट १२ जनाको सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको अधिवेशन निर्वाचनमण्डलले जनाएको छ । तिलाबाट आठजना सदस्य पदमा आठजनाकै उम्मेदवारी रहेको छ । 

हिमा गाउँपालिकाबाट सातजना सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको छ । सिँजाबाट नाैजना सदस्य पदमा १२ जनाको उम्मेदवारी परेको छ । कनकासुन्दरीबाट नाैजना सदस्य पदमा आठजनाको मात्रै उम्मेदवारी परेको छ ।यसैगरी, खुला सदस्य पाँचजनामा १० जनाको उम्मेदवारी परेको छ । खुला महिला सदस्य तीनजनामा सातजनाको उम्मेदवारी परेको छ । युवा सदस्य एकजनामा १२ जनाको उम्मेदवारी परेको छ । अपांगतामा एक, जनजातिमा एकजना र दलित खुला सदस्य चारजनामा सातजनाको उम्मेदवारी परेको छ । 

लेखा समितिको अध्यक्षमा धीरेन्द्रकुमार शाही र युवराज बमको उम्मेदवारी परेको छ । उपाध्यक्षमा देवकी अधिकारी, सचिवमा लालवीरनाथ योगी र सदस्यमा पाँचजनाको उम्मेदवारी परेको छ ।  जुम्लाका आठवटै स्थानीय तह र जनवर्गीय संगठनबाट गरी कुल तीन सय ४४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् । जसमा खुला प्रतिनिधि दुई सय ६३ जना छन् । यस्तै, दलित प्रतिनिधि ५० जनामध्ये ३३ प्रतिशतका दरले १६ जना महिला प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् ।

विभिन्न जनसंगठनबाट ३१ जना, गैरदलित महिलातर्फ ८७ जना प्रतिनिधिमध्ये १५ प्रतिशत युवा महिला प्रतिनिधिमा आएको नेकपा एमाले अधिवेशन प्रचारप्रसार संयोजक सुमन आचार्यले बताए । दुई सय ६३ प्रतिनिधिमध्येबाट ३९ जना युवा जिल्ला अधिवेशनमा प्रतिनिधिका रूपमा आएका छन् । जिल्ला अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

ad
ad