१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईमा सिफेमको एक करोड डलर लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:o६:oo

 स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट (सिफेम)ले ग्लोबल आइएमई बैंक लिमिटेडमा एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सिफेमका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे । उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने बैंकले जनाएको छ ।

लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ । सिफेमसँगको लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  त्यसैगरी, आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाको विकासमा साझेदारी गर्ने भएका छन् । 

सोहीअनुसार सम्झौतापत्रमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएनका निर्देशक मुहम्मद रेजाबीच हस्ताक्षर भएको छ । पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजना विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ । 

साथै, पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको  सञ्चालन तथा मर्मत–सम्भारमा विशेषज्ञता हासिल गरेको छ । यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरबलगायत देशमा सेवा विस्तार गरिसकेको छ । ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसर खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

ad
ad