१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

खाडी यात्रामा ‘दुई नम्बरी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o२:oo

नेपालमा प्रदर्शन भइरहेको चलचित्र ‘दुई नम्बरी’ अब युएई, कतार, बहराइन र ओमानका  विभिन्न सिनेमा हलहरूमा पनि प्रदर्शन हुने भएको छ। अक्टोबर २० देखि युएई, कतार, बहराइन र ओमानका विभिन्न सहरमा रहेका करिब पाँच दर्जन पर्दामा नेपाली चलचित्र ‘दुई नम्बरी’ एकसाथ प्रदर्शन गर्न लागिएको हो।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपालीलाई लक्षित गर्दै मुख्य–मुख्य सहरमा चलचित्र एकैसाथ प्रदर्शन गर्न लागिएको रमेश ढकालले जानकारी दिए। ढकालले मध्यपूर्वका देशमा चलचित्र वितरण गरिरहेका छन्।

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ राई र सौगात मल्लका साथै अभिनेत्री उपासनासिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन्। मिठु तामाङ्नी सहनिर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्। चलचित्रलाई सुशन प्रजापतिले छायांकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। चलचित्रको वितरणको जिम्मा नेपालमा आरआर फिल्म्सले लिएको छ।

ad
ad