१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दोर्दी करिडोरमा उत्पादन भएका ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने भएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उदिपुर–भरतपुर खण्डको उदिपुर सबस्टेसन निर्माण भएसँगै ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने बाटो खुलेको हो । 

दोर्दी करिडोरमा निर्माण सम्पन्न भई विद्युत् परीक्षण उत्पादन सुरु गरेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत् आयोजना, १२ दशमलव ५ मेगावाटको दोर्दी खोला–१ जलविद्युत् आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजना गरी हाललाई ७४ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ । 

दोर्दी करिडोरमा अहिले ५४ मेगावाटको सुपर दोर्दी–ख निर्माणाधीन अवस्थामा छ । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो, अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । उनले भने, ‘प्रसारण लाइन अभावमा विद्युत् जोड्न नपाउने हो कि भन्ने चिन्ता र चासो निजी लगानीकर्तालाई थियो, अब लाइन सञ्चालनमा आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन ।’

दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदिपुर सबस्टेसनमा जोडिने योजना छ । तर, उदिपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्विच यार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन दुई सय २० केभी मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

ad
ad