१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफले स्थापना दिवसमा समाजसेवाका काम गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५९:oo

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको छैटौँ वर्ष प्रवेशको अवसर पारेर विभिन्न समाजसेवाका काम सुरु गरेको छ । कात्तिक २ गते स्थापना भएको कम्पनीले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो । 

कम्पनीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम गर्दै आएको जनाएको छ । त्यस्तै, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामग्री वितरण गर्ने जनाइएको छ । असोज ३१ देखि कात्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रममा यी गतिविधि सञ्चालन हुने कम्पनीको भनाइ छ ।  

यसका साथै कम्पनीले विधार्थीसँग बिमा कार्यक्रम, सडक र्‍याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिरी जवाफ प्रतियोगितालगायतका विभिन्न बिमा जागरण अभियानका कार्यक्रम गर्ने जनाएको छ । हाल नेपालका विभिन्न क्षेत्रमा डेंगु रोग निकै फैलिएको र रगतको कमी भएकाले रक्तदान कार्यक्रम विशेष प्राथमिक्तामा राखिने कम्पनीको भनाइ छ । त्यस्तै, विभिन्न नगरपालिका, संघ–संस्थासँगको सहकार्यमा वृक्षारोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य सिविर, विभिन्न आन्तरिक कार्यक्रमलगायतका योजनाहरू रहेको कम्पनीले जनाएको छ ।

ad
ad